रसुवामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित
स्थानीय–तह निर्वाचन–२०७९ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । उक्त गाउँपालिका–२ र ५ मा दलित महिला सदस्यतर्फ एक÷एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
निर्विरोध निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट वडा नं २ का लक्ष्मी परियार तथा नेकपा एमालेबाट वडा नं ५ का कान्छी लाटी कमिनी रहेको बताइएको छ । उनीहरूको निर्विरोध घोषणा स्थानीय तह निर्वाचन कानुनबमोजिम हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत सोमबार भएको मनोनयन दर्ताका क्रममा काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल, मङ्गोल अर्गनाइजेशन दल एवं स्वतन्त्र उम्मेदवारसमेत रहेका छन् ।
पाँचवटा गाउँपालिका र २७ वटा वडा रहेको रसुवा जिल्लामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्य पदका लागि कूल ५०३ जनाले उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण