शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रसुवामा एक जना उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी

मङ्गलबार, १३ वैशाख २०७९, १८ : ३५
मङ्गलबार, १३ वैशाख २०७९

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक जनाको दाबी विरोधको उजुरी परेको छ । मंगलबार तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो । 

जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली काँग्रेसबाट दलित महिला सदस्यका उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको उत्तरगया गाउँपालिकाको निर्वाचन अधिकृत मुना अधिकारीले जानकारी दिइन् ।

सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी गरेकी थिइन् । उनले उम्मेदवारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारीक पत्र पेस नगरेको भन्दै उजुरी दिएको अधिकारीले बताइन् । आएका दाबी विरोध उपरको उजुरीमाथि छानबिन गरिने समेत उनले बताइन् । 

उत्तरगया गाउँपालिका वडा नम्बर ३ मा एक जना दलित महिला सदस्यका लागि एमालेबाट एक  र काँग्रेसबाट एक जनाले उम्मेदवारी दिएका छन् । जिल्लाको अन्य स्थानिय तहमा भने कुनैपनि उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप