रसुवामा एक जना उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा एक जनाको दाबी विरोधको उजुरी परेको छ । मंगलबार तोकिएको दाबी विरोधको उजुरी उपर जिल्लामा एउटा मात्र उजुरी परेको हो ।
जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली काँग्रेसबाट दलित महिला सदस्यका उम्मेदवार सुनिता सुनुवारविरुद्ध उजुरी परेको उत्तरगया गाउँपालिकाको निर्वाचन अधिकृत मुना अधिकारीले जानकारी दिइन् ।
सुनुवारको प्रतिस्पर्धी नेकपा एमालेका दलित सदस्यले दाबी विरोध उपर उजुरी गरेकी थिइन् । उनले उम्मेदवारी दर्ताको क्रममा सुनुवारले दलित भएको आधिकारीक पत्र पेस नगरेको भन्दै उजुरी दिएको अधिकारीले बताइन् । आएका दाबी विरोध उपरको उजुरीमाथि छानबिन गरिने समेत उनले बताइन् ।
उत्तरगया गाउँपालिका वडा नम्बर ३ मा एक जना दलित महिला सदस्यका लागि एमालेबाट एक र काँग्रेसबाट एक जनाले उम्मेदवारी दिएका छन् । जिल्लाको अन्य स्थानिय तहमा भने कुनैपनि उम्मेदवारविरुद्ध दाबी विरोध नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण