निर्वाचन आयोगले भन्यो–अहिलेसम्म कोही पनि निर्विरोध भएको छैन
निर्वाचन आयोगले कानुन बमोजिम अहिलेसम्म कुनै पनि उम्मेदवार निर्विरोध निर्वाचित नभएको स्पष्ट पारेको छ । कसैले कुनै पदमा एक्लैले उम्मेदवारी दिएको भएपनि कानुनको कसीमा परीक्षण हुने चरणहरू बाँकी नै रहने भएकाले तत्काल निर्विरोध निर्वाचित भएको भन्न नमिल्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
विभिन्न ठाउँमा रुपमा निर्विरोध भएको भनेर भनिएपनि आयोगले भने त्यसरी कसैलाई पनि निर्विरोध भनेर घोषणा गरेको अवस्था नरहेको उनको भनाइ छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता भएपछि १३ गते दाबी विरोधको समय दिएको तथा १४ र १५ गते दाबी उपरमाथि छानबिन गरेर नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको उनले बताए ।
‘एकजना मात्रैको मनोनयन भएपनि सिधै हामीले निर्विरोध भन्न सक्दैनौँ’, उनले भने, ‘कानुनको कसीमा उहाँ एकजना भएपनि कानुनको द्वारबाट छिर्न सक्नुपर्छ । दाबी विरोधको प्रक्रियाबाट पनि सफल हुनुभयो भने चाहिँ निर्विरोध हुन सक्नुहुन्छ । आयोगले अहिलेसम्म त्यसरी भनेको छैन ।’ दाबी विरोधको प्रक्रिया सकिएपछि चाहिँ उनीहरु निर्विरोध भएको घोषणा गरिने अर्यालले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
