बालेन शाहप्रति केशव स्थापितको टिप्पणी : फुच्चे बालेन शाह दर्तावाल ठग रहेछ !
एमालेको तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार बनेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठगको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा स्थापितले बालेनले आफूलाई मधेसको साह नभनी काठमाडौंको ठकुरी शाह भनेर झुक्क्याइरहेको पनि बताए ।
‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ,त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ’, स्थापितले भने, ‘युवाहरूले सुनौँ है । म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ ।’ स्थापितले सुरुवातमै शाहले ठग कुरा गरेको सुनाए । ‘सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ?’उनको प्रश्न छ ।
त्यस्तै उनले गठबन्धनका उम्मेदवार सिर्जना सिंहमाथि पनि प्रश्न उठाए । सिंहसँग नीति–कार्यक्रम केही नभएको भन्दै काठमाडौं कस्तो छ र यसलाई कसरी रूपान्तरण गर्ने भन्ने कुरा केही थाहा नभएको तथा मञ्चमा आउने तागत समेत नभएको बताए । उनले आफूले सय वटा अन्तरवार्ता दिइसकेको भन्दै सिंहले एउटा पनि दिन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण