निर्वाचन प्रचारप्रसारका लागि कास्की पुगिन् हिसिला
जनता समाजबादीकी नेतृ तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नी हिसिला यमी निर्वाचन प्रचारप्रसारका लागि कास्कीको पर्यटकीय गाउँ पञ्चासे पुगेकी छिन् । कास्कीमा गठबन्धनमा खटपट भएपछि जनता समाजवादी पार्टीले अन्नपूर्ण गाउँपालिकामा २५ वर्षीय युवा नवराज पौडेललाई उम्मेदवारको रूपमा अगाडी सारेको छ । गाउँमा कृषि उद्यम गर्दै आएका नवराजको पक्षमा क्याम्पेन गर्नका लागि हिसिला यमी भदौरे पुगेकी हुन् ।
उक्त गाउँपालिकामा प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट युवराज कुँवर र नेकपा (एमाले)को तर्फबाट विष्णु केसीले उम्मेदवारी दिएका छन् । कास्की जिल्लाका सबै जसो गाउँपालिकामा गठबन्धन कायम हुन नसक्दा दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । जनता समाजवादीले पोखरा महानगरपालिकाका केहि वडाहरू माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा उम्मेदवार खडा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण