शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन प्रचारप्रसारका लागि कास्की पुगिन् हिसिला

मङ्गलबार, २० वैशाख २०७९, ०६ : ३९
मङ्गलबार, २० वैशाख २०७९

जनता समाजबादीकी नेतृ तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नी हिसिला यमी निर्वाचन प्रचारप्रसारका लागि कास्कीको पर्यटकीय गाउँ पञ्चासे पुगेकी छिन् । कास्कीमा गठबन्धनमा खटपट भएपछि जनता समाजवादी पार्टीले अन्नपूर्ण गाउँपालिकामा २५ वर्षीय युवा नवराज पौडेललाई उम्मेदवारको रूपमा अगाडी सारेको छ । गाउँमा कृषि उद्यम गर्दै आएका नवराजको पक्षमा क्याम्पेन गर्नका लागि हिसिला यमी भदौरे पुगेकी हुन् । 

उक्त गाउँपालिकामा प्रमुखका लागि नेपाली काँग्रेसका तर्फबाट युवराज कुँवर र नेकपा (एमाले)को तर्फबाट विष्णु केसीले उम्मेदवारी दिएका छन् । कास्की जिल्लाका सबै जसो गाउँपालिकामा गठबन्धन कायम हुन नसक्दा दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । जनता समाजवादीले पोखरा महानगरपालिकाका केहि वडाहरू माछापुच्छ्रे गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा उम्मेदवार खडा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप