दैलेखमा सकेट वम भेटियो
आइतबार, २५ वैशाख २०७९, १७ : १५
दैलेखको आठबिस नगरपालिका–६ रोलमा सकेट वम भेटिएको छ । आइतबार दिउँसो २ बजे उक्त वम भेटिएको प्रहरी जनाएको हो ।
वम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दैलेखका प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले स्थानीयले बारी खनजोत गर्ने क्रममा सकेट बम भेटेको जानकारी दिए । शाहका अनुसार वम भेटिएको स्थलमा नेपाली नेपाली सेना, नेपाल प्रहरीसहितको टोली पुगेको छ ।
रोलमा युद्धकालीन अवस्थामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीको ब्यारेक बसेको थियो । तत्कालीन समयमा जमिनमुनि लुकाइएको वम अहिले भेटिएको हुनसक्ने आशंका गरिएको प्रहरी नायव उपरीक्षक शाहले बताए । २०६७ सालमा यहाँबाट ब्यारेक हटाइएपछि अहिलेसम्म ४ वटा बम निष्क्रिय पारिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण