आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अझै देखिएन मुसहर बस्तीमा निर्वाचनको चहलपहल

शनिबार, १६ मङ्सिर २०७४, १२ : ४४
शनिबार, १६ मङ्सिर २०७४

सिरहा– सिरहा जिल्लाको नरहा गाउँपालिका–१, मुसहर समुदायमा चुनावी चहलपहल अझै देखिएको छैन । 

आगामी मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोट माग्न मुसहर बस्तीको गाउँमा अहिलेसम्म दलहरू नगएकाले त्यहाँका बासिन्दा बेखर जस्तै भएका हुन् । मतदाता शिक्षाका लागि कोही पनि गाउँमा नआएको उनीहरू बताउँछन् । 

‘घरमा बिजुली छैन, रेडियो, टिभी पनि छैन हामीलाई चुनाव कहिले हो भन्ने थाहा नै भएन’, नरहा गाउँपालिका की ३५ वर्षीया ज्ञानी सदाले गुनासो गर्दै भनन्,ि ‘ज्याला मजदुरी गरी गुजारा चलाउनुपर्ने बाध्यता छ, हामीलाई चुनावसम्बन्धी कुनै जानकारी पनि छैन ।’ 

नरहा गाउँपालिका १ की ३० वर्षीया जनी सदाले आफूहरू सामु चुनावको जानकारी गराउने कोहि पनि नआएको बताइन् । 
मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा मतदाताले भोट हाल्नुपर्ने भए पनि कसरी भोट हाल्ने भन्नेमा उनीहरूमा अन्योल छ । 

साँझ बिहान के खाउँ र के लाउँ भन्ने अति विपन्न समुदायका लागि निर्वाचनले कुनै प्रभाव पार्न सकेको छैन । आयस्रोत न्यून हुनेहरू दिनभर नै ज्याला मजदुरी गर्न बाध्य हुँदा निर्वाचनका बारेमा बेखबर भएका हुन् । 

सिरहा सदरमुकाम नजिकै रहेको नरहा गाउँपालिका १२० घरपरिवार मुसहर बस्ती शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगार र आयआर्जनका अवसरबाट अझै पनि वञ्चित छन् । चुनावका बेला विकासका लहर ल्याउने भने पनि नेताहरू चुनाव जितेपछि गाउँ नै नपस्दा यो बस्तीले विकासको गति लिन नसकेको हो । 

निर्वाचनका बेला आफूहरूलाई भोट बैंकका रूपमा प्रयोग गरे पनि चुनाव जितेपछि नेताहरू गाउँ फर्केर नआएपछि यहाँका मतदाता दुःखी भएका छन् । निर्वाचनले जिल्लाभर चहलपहल ल्याए पनि सिरहाको मुसहर समुदायमा चुनावी सारगर्मी बढ्न सकेको छैन । 
स्थानीय बासिन्दा रामदुलारि सदायले पहिला भोट माग्न घरमा आए पनि अहिले गाउँमा भोट माग्न कोही पनि नआएको बताए । चुनावमा भोट हालेपछि जित्नेहरूले नहेरेकाले मुसहर बस्ती खानेपानीदेखि सडकसम्मका आधारभूत विकामा वञ्चित रहेको उनको भनाई छ । 

जिल्लाको धोबियाधार  , सिरहा नगरपालिका बेलहा नरहा गाउँपालिका, नरहा बलकावा,  र कर्जनहा नगरपालिकालगायतका स्थानमा मुसहर समुदायको बस्ती बाक्लोे छ । विसं २०६८ को जनगणनाअनुसार सिरहामा मसहर समुदायका तिसि हजार महिला  र २५ हजार पुरुष  गरी कूल ५५ हजार  जनसंख्या रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप