वीर अस्पताललाई इलेक्ट्रो लाईट एनलाईजर मेसिन प्रदान
सोमबार, २६ वैशाख २०७९, १६ : ०४
काठमाडौंको ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले दुई वटा इलेक्ट्रो लाईट एनलाईजर वीर अस्पताललाई उपलब्ध गराएको छ । सोमबार एक कार्यक्रमका बीच संस्थाका प्रमुख संरक्षक एवम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि अतिउपयोगी हुने सो मेसिन अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतलाई हस्तान्तरण गरेका हुन् ।
अमेजिन प्यारेन्स भन्ने अष्ट्रेलियामा रहेको एक संस्थाले उपलब्ध गराएको सो मेसिन गरिव र असहायहरूले उपचार गरिरहेको वीर अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताए । अस्पतालका निर्देशक बस्नेतले गरिवीको जीवन रक्षाका लागि अति आवश्यक मेसिन उपलब्ध गराएको भन्दै संस्थाप्रति आभार व्यक्त गरे । सो संस्थाले नेपालको शिक्षा, स्वास्थ्य र भूकम्पपछिको पुनर्निर्माणमा काम गर्दै आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण