बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु

शनिबार, ३१ वैशाख २०७९, ०८ : १७
शनिबार, ३१ वैशाख २०७९

हेटौँडा उपमहानगरपालिकाको मतगणना शनिबार बिहानबाट सुरु भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबारबाट मत गणना गर्ने सहमति गरेको थियो । 

मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा भइरहेको छ । मुख्य निर्वाचन कार्यालय हेटौँडाले चार स्थानमा मत गणनाको व्यवस्था गरिएको जानकारी दिएको छ । मतगणना स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको छ । शुक्रबार सम्पन्न मतदानमा हेटौँडा उपमहानगरपालिकाको कूल मतदाता मध्ये ६५ प्रतिशत मत खसेको थियो । मत गणनामा पहिले हेटौँडाको वडा नम्बर १,२,१८ र १९ को गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप