कम्बोडियामा पुरुषको यौनाङ्ग जस्तै फूल टिपेको भिडियो भाइरल भएपछि ....
तीन जना किशोरीले पुरुषको यौनाङ्ग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनाङ्ग जस्तो देखिने नेपेन्थिस होल्डेनी सामान्यतया पश्चिमी कम्बोडियाको पहाडी क्षेत्रमा पाइन्छ ।
बिरुवाहरू कम पोषकतत्वयुक्त माटोमा हुर्किन्छन् । अमृत र मीठो सुगन्धमार्फत किरालाई आकर्षित गर्ने यो विरुवालाई ‘मांशहारी’ पनि भनिन्छ । एउटा फेसबुक पोस्टमा वातावरण मन्त्रालयले भाइरल भिडियोप्रति संकेत गर्दै लेखेको छ, ‘उनीहरूले जे गरिरहेका छन् त्यो गलत हो र भविष्यमा फेरि नगर्नुहोस । प्राकृतिक स्रोतहरू माया गर्नुभएकोमा धन्यवाद । तर, विरुवा नचुडाल्नुहोस, नत्र भने त्यो मासिन्छ ।’
भिडियोमा कम्बोडियाको कम्पोट प्रान्तको बोकोर पहाडमा तीन जना महिलाले लोपोन्मुख फूल टिप्दै गरेको देखाइएको छ । हालैका वर्षहरूमा स्थानीय र पर्यटकहरूले बढ्दो दरमा रमाइला लाग्ने यस्ता वनस्पतिहरू टिप्ने र सामाजिक सञ्जालमा पोस्ट गर्न सेल्फी खिचिरहेका छन् ।
निजी जग्गामा कृषि विस्तार र संरक्षित क्षेत्रमा पर्यटन उद्योगको वृद्धिका कारण कम्बोडियामा मांसाहारी बिरुवाहरूको प्राकृतिक बासस्थान घटेको साइन्स डेलीले कम्बोडियन जर्नल अफ नेचुरल हिस्ट्रीमा २०२१ को अध्ययनलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । रमाइलोको लागि विरुवा टिप्दा त्यसको अस्तित्व समाप्त हुने वातावरणविदहरूले चेतावनी दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण