मङ्कीपक्स देखिएका देशबाट नेपाल प्रवेश गर्नेले दुई हप्ता घरमै बस्नुपर्ने
बुधबार, ११ जेठ २०७९, १६ : ५९
सरकारले मङ्कीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेलाई कम्तीमा दुई हप्ता घरमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मङ्कीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई हप्ता घरमै बस्न आग्रह गरेका हुन् ।
कोभिड–१९ महामारी पछि अहिले मङ्कीपक्स भाइरसको त्रास विश्वमा फैलिएको छ । डा। अधिकारीले विगतदेखि नै मङ्कीपक्स भाइरस पुष्टि भएकाले यो नौलो भाइरस नभएको भन्दै सचेत रहने आग्रह गरेका छन् । मङ्कीपक्स अन्य संक्रामक रोग जस्तो चाँडै नसर्ने भएकाले त्रसित नहुन उनले आग्रह गरे ।
मुखको छिटाबाट सर्ने भएकाले मङ्कीपक्स संक्रमणबाट जेगिन मास्कको प्रयोग गर्न,सावुन पानीले हात धुनुका साथै व्यक्तिगत्त सरसफाइमा ध्यान र शङ्कास्पद संक्रमित व्यक्तिहरुसँग समेत रहन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण