चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
काठमाडौँ । नेपाल–चीनबिचको छिमेकी सम्बन्ध विस्तृत रूपमा अघि बढेकोमा सरोकारवालाहरूले खुसी व्यक्त गरेका छन् । नेपाल र चीनको सम्बन्ध ऐतिहासिक र लामो रहेको र त्यसकै आधारमा सम्बन्ध टिकेको उल्लेख गर्दै उनीहरूले यस सम्बन्धलाई निरन्तरता दिनुपर्ने बताएका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको १०५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीको विकास र चीनको समृद्धिको इतिहाससँग गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै उनीहरूले नेपालले पनि यसबाट सिक्नुपर्ने बताएका छन् ।
नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल र चीनको सम्बन्धको सगरमाथा जस्तो अटल रहेको बताए । उनले अबको सम्बन्ध भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुकका रूपमा रूपान्तरण हुनुपर्ने कुरामा जोड दिँदै उनले चीनले गरेको प्रगतिबाट नेपालले पनि केही सिक्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले नेपाल चीनको सम्बन्ध दुई देशबिचको जनता, संस्कृति र आपसी सौहार्दकर्ताको फराकिलो आयमको रूपमा रहेको बताए । उनले चिनियाँ कम्युनिस्ट पार्टी र रास्वपा बिचारले फरक होला तर नागरिकको जीवन सुधार र समृद्धिको बाटोमा सँगै रहेको बताए ।
नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले चिनियाँ कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसको उदय उस्तै उस्तै रूपमा भएको धारणा राखे । चीनको विकासका लागि जसरी सीपीसीको जन्म भयो त्यसरी नै नेपालमा कांग्रेसको जन्म भएको उनले बताए ।
नेकपा एमालेका नेता रघुवीर महासेठले चीनसँगको मैत्रीपूर्ण सम्बन्ध आपसी सहकार्य र विकास साझेदारीमा अघि बढेको बताए । नेपालका लागि चीनका राजदूत डा. झाङ माओमिङले चिनियाँ कम्युनिस्ट पार्टीको लामो इतिहाससँगै वर्तमान आधुनिक विकासमा चीन केन्द्रित रहेको बताए ।
सीसीपीले यहाँसम्म आइपुग्न लामो सङ्घर्ष र उतारचढाव पार गरेको उल्लेख गर्दै उनले अनुशासनयुक्त मार्गका साथ पार्टी अगाडि बढिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको पानी बागमतीमा सहज निकास नहुँदा वर्षामा जाम बढेको ट्राफिक प्रहरीको निष्कर्ष
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण