युक्रेन युद्ध जित्नका लागि पुटिनसँग नौं महिनाको समय मात्र बाँकी छ : नेटोका पूर्व जनरल
रुसी सेनाले पछिल्लो समय युक्रेनको पूर्वी क्षेत्रमा सैन्य सफलता हासिल गर्न थालेको छ । युद्ध सुरु गरेपछिको १३ औं सातामा उसले युद्धमा नयाँ भूमि कब्जा गरेको छ । रुसी फौजले पूर्वी युक्रेनका तीन स्थानमा प्रत्याक्रमण सुरु गरेको छ । उत्तरमा इजाईम, पूर्वमा सेभेरोडोनेत्स्क र दक्षिणमा पोपस्नामाथि आक्रमण गरिरहेको छ । ती क्षेत्रमा रुसी फौजले उलेख्य अग्रता हासिल गरिरहेको छ ।
दक्षिण भेगमा तीन दिन लामो लडाइपछि रुसले मिरोनोभ्स्की कब्जा गरेको छ । यो सहर भएर सुरु हुने राजमार्गले सहरलाई स्लोभियान्स्कसँग जोड्छ । स्लोभियान्स्कमा रुसका तिनै प्रत्याक्रमण मिल्ने देखिन्छ । यसअघि युक्रेनले किएभभन्दा उत्तरका सहरमा रुसी फौजलाई साहसपूर्वक रोक्न सफल भएको थियो । तर पछिल्लो समय युक्रेनी फौजले त्यही स्तरको सफलता हासिल गर्न सकिरहेको छैन ।
युक्रेनी फौज हालसम्म पश्चिमी शक्तिले दिएका हतियार प्रयोग गर्न अभ्यस्त नभई सक्दा समस्या आइरहेको नेटोका एक अवकाशप्राप्त कमान्डरले भने । ‘तोप र अन्य सशस्त्र वाहन चलाउन तालिम आवश्यक पर्छ । चालक, गनर, रिलोडर र कमान्डरलाई पनि टिम तालिम दिनुपर्छ ,’ लेफ्टिनेन्ट जनरल कोन्स्टान्टिनोस लुकोपोलोसले भने, ‘पहिले पुटिन ९६ घण्टाभित्र युक्रेन कब्जा गरिसक्छु भन्ने भ्रममा परे, अहिले पश्चिमी शक्ति जितको भ्रममा परेका छन् ।’
अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी र चेक गणतन्त्रले युक्रेनलाई विभिन्न प्रकारको सैन्य सहयोगको वाचा गरेका छन् । यही कुराले अहिले जटिलता निम्तिरहेको लुकोपोलोसले भने । लुकोपोलोसका अनुसार अमेरिकाले युक्रेनलाई दिएका ९० होविट्जर एम ७७७ मध्ये १८ मात्र प्रयोगमा आएका तर फ्रान्सले पठाएका १२ होविट्जर भने प्रयोगमा आए नआएको स्पष्ट नरहेको बताए ।
‘युक्रेनी फौज पश्चिमी हतियारमा अभ्यस्त हुन कम्तिमा पनि आठ, नौ महिना लाग्नेछ । यस अवधिमा पुटिनले युक्रेनी फौजलाई हराए भने मात्र वार्ताको टेबलमा उनको माग माथि पर्नेछ,’ लुकोपोलोसले भने ,‘युद्धमोर्चामा पछिल्लो समय रुसले अग्रता लिएको छ र यसलाई कसैले परिवर्तन गर्न सक्ने अवस्था छैन ।’
केही महिनापछि युक्रेनले रिजर्भ ईकाईलाई तालिम दिइसक्नेछ । त्यसपछि सुरु हुने युक्रेनी प्रत्याक्रमणमा रुसी जमिन पनि कब्जा हुनसक्ने र रुसले ती जमिन फिर्ता लिन युक्रेनी भूमि उसलाई दिनुपर्ने स्थिति आउन सक्ने लुकोपोलोसले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण