संसद्मा विष्णुलाई मिनेन्द्रको व्यङ्ग्य
नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट उत्कृष्ट आएको बताएका छन् । नेता रिजालले बजेटमाथि छलफल प्रतिक्रिया दिँदै उनले बजेट सकारात्मक आएको र जस्तो आउनुपर्ने हो त्यस्तै आएको बताएका हुन् ।
यस्तै, उनले पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि व्यङ्ग्य गर्दै उनले भने, ‘गत वर्ष संसद्भन्दा बाहिर बजेट प्रस्तुत गर्दा अहिले संसद्मा बोलेकै विषय सम्झेको भए हुन्थ्यो ।’ रिजालले एमाले नेता पौडेलले बजेटमाथि राखेको प्रतिक्रियालाई व्यङ्ग्य गर्दै यस्तो बताएका हुन् ।
विदेशी ऋण र सार्वजनिक ऋण तथा विदेशबाट भित्रिने रेमिट्यान्को चाप गठबन्धन सरकार बनेपछि मात्रै नभएको समेत उनले उल्लेख गरे । ‘यो सरकार बनेपछि ९ महिनायता मात्रै यी समस्या आएको हो र ?,’ रिजालले भने, ‘आफ्नो सरकार बदलिना साथ बोली फेर्न हुँदैन ।’ यस्तै, यो सरकारले ल्याएको जस्तै अघिल्ला सरकारले ल्याएका बजेटहरू पनि निश्चित लक्ष्य र प्राथमिकता पहिल्याउन असफल रहेको रिजालको भनाइ छ ।
यो संसद् छलेर ल्याइएको बजेट हैन
रिजालले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई चालू आर्थिक वर्षको बजेट घोषणा सम्झाएका छन् । ‘चालू आर्थिक वर्षको बजेट ल्याउँदाको स्थिति सम्झनुहोस् न,’ रिजालले पौडेललाई भने, ‘संसद् छलेर सिंहदरबारमा ल्याइएको बजेट कस्तो थियो ?’ रिजालले निवर्तमान सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा गरिसकेपछि संसद् छलेर बजेट ल्याइएको सम्झिए ।
तर, यस वर्ष सरकारले निर्वाचन घोषणा नगरिसकेकाले यो संसद् रहेसम्मका लागि संसद्ले पारित गर्ने गरी बजेट प्रस्तुत भएको रिजालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
