संसद्मा विष्णुलाई मिनेन्द्रको व्यङ्ग्य

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट उत्कृष्ट आएको बताएका छन् । नेता रिजालले बजेटमाथि छलफल प्रतिक्रिया दिँदै उनले बजेट सकारात्मक आएको र जस्तो आउनुपर्ने हो त्यस्तै आएको बताएका हुन् ।
यस्तै, उनले पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि व्यङ्ग्य गर्दै उनले भने, ‘गत वर्ष संसद्भन्दा बाहिर बजेट प्रस्तुत गर्दा अहिले संसद्मा बोलेकै विषय सम्झेको भए हुन्थ्यो ।’ रिजालले एमाले नेता पौडेलले बजेटमाथि राखेको प्रतिक्रियालाई व्यङ्ग्य गर्दै यस्तो बताएका हुन् ।
विदेशी ऋण र सार्वजनिक ऋण तथा विदेशबाट भित्रिने रेमिट्यान्को चाप गठबन्धन सरकार बनेपछि मात्रै नभएको समेत उनले उल्लेख गरे । ‘यो सरकार बनेपछि ९ महिनायता मात्रै यी समस्या आएको हो र ?,’ रिजालले भने, ‘आफ्नो सरकार बदलिना साथ बोली फेर्न हुँदैन ।’ यस्तै, यो सरकारले ल्याएको जस्तै अघिल्ला सरकारले ल्याएका बजेटहरू पनि निश्चित लक्ष्य र प्राथमिकता पहिल्याउन असफल रहेको रिजालको भनाइ छ ।
यो संसद् छलेर ल्याइएको बजेट हैन
रिजालले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई चालू आर्थिक वर्षको बजेट घोषणा सम्झाएका छन् । ‘चालू आर्थिक वर्षको बजेट ल्याउँदाको स्थिति सम्झनुहोस् न,’ रिजालले पौडेललाई भने, ‘संसद् छलेर सिंहदरबारमा ल्याइएको बजेट कस्तो थियो ?’ रिजालले निवर्तमान सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा गरिसकेपछि संसद् छलेर बजेट ल्याइएको सम्झिए ।
तर, यस वर्ष सरकारले निर्वाचन घोषणा नगरिसकेकाले यो संसद् रहेसम्मका लागि संसद्ले पारित गर्ने गरी बजेट प्रस्तुत भएको रिजालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महावाणिज्य दूतावासको आयोजनामा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया
-
समाजवादी मोर्चा गठन दुई वर्ष पूरा, औचित्यमाथि प्रश्न
-
चिडियाखानामा चोरको हातबाट फुत्किएका दुर्लभ रेडपाण्डाको मृत्यु
-
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
-
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
-
बाढीबाट जोगाउन तटबन्ध निर्माण