पौडेललाई रिजालको जवाफ : तपाईँहरूको घोषणाको कार्यक्रम बजेटमा कसरी आउँछ ?
मङ्गलबार, १७ जेठ २०७९, १२ : ११
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्ष दलका नेता विष्णु पौडेललाई सरकार फेरिएको भन्ने कुरा बुझ्न आग्रह गरेका छन् । रिजाल अघि प्रतिनिधि सभामा बोल्दै पौडेलले वृद्ध भत्ताको उमेर घटाइएको र सामाजिक सुरक्षा भत्ता अन्तर्गत दिइँदै आएको रकम नबढाइएको भन्दै किन नबढाइएको हो ? भनेर प्रश्न गरेका थिए ।
पौडेलको उक्त प्रश्नको जवाफ दिँदै रिजालले भने, ‘७० वर्षबाट ६८ वर्ष भयो भन्नेमा चिन्ता व्यक्त गर्नुभयो । अनि ५ हजार किन भएन भन्नुभयो ? सरकार त फेरियो नि !’, उनले भने, ‘तपाईँहरूको घोषणाको कार्यक्रम अहिले कसरी आउँछ ? आएन स्वाभाविक छ, यति त सम्झिदिनुपर्‍यो भन्ने मेरो अनुरोध मात्र हो । कि त्यो पनि बिर्सनुभयो मैले सम्झाउनुपर्ने हो ?’
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण