मेलम्ची सुरुङको ढोका बन्द गरियो, अब पानी वर्षापछि मात्रै आउने

मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएको हो ।
बालुवा गेग्रानसहितको धमिलो पानी टनेलभित्र प्रवेश गरेको भन्दै टनेलको सुरक्षार्थ मूल ढोका बन्द गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मूल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी वितरण समय तालिकासमेत हेरफेर गरिएको छ ।
नेपाल सरकार, खानेपानी मन्त्रालयले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरी प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको आयोजनाको भनाइ छ ।
बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो । मर्मत सम्भार गरेर गत ११ वैशाखबाट पानी सुरूङमार्गमा पठाइएको थियो । अस्थायी संरचना तयार पारेर पानी सुरूङमा पथान्तरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
“भ्रष्टाचार विरुद्धका कविता” पुस्तक लोकार्पण, ४ लाख नगद सहित सर्जकलाई सम्मान
-
विद्यार्थीको कपालको लम्बाइबारे लचिलो बन्यो थाइल्यान्ड
-
सात गोलको थ्रिलरमा हार्यो युनाइटेड
-
श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग