आगामी आर्थिक वर्षको बजेट उत्कृष्ट : वर्षमान पुन
नेकपा माओवादी (केन्द्र) का नेता वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि उत्कृष्ट बजेट आएको बताएका छन् । प्रतिनिधिसभामा बजेटमाथि छलफल गर्दै उनले बजेट सकारात्मक आएको बताएका हुन् । त्यसैले आगामी वर्षको बजेटलाई समर्थन गर्न कुनै पनि राजनीतिक दलले हिचकिचाउन नपर्ने समेत उनले बताए ।
पुनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु नै बजेटको मुख्य आकर्षण भएको बताए । उनले बाँझो जमिनलाई उपयोग गर्ने नीति, धान, गहुँ, मकै लगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्ने र कृषक पेन्सन योजना उत्कृष्ट रहेको बताए । यस्तै, आगामी आर्थिक वर्ष धान, गहुँ, मकै र फलफूलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य समेत स्वागतयोग्य रहेको पुनको भनाइ छ ।
‘कृषिजन्य र औद्योगिक उत्पादन बढाएर रोजगारी सिर्जना गर्ने र गरिबी हटाउने लक्ष्य बजेटले लिएको छ,’ पुनले भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमले २ लाखलाई रोजगारी दिने घोषणा बजेटमा राखिएको छ ।’ यस्तै, थप ५ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य समेत स्वागतयोग्य रहेकाले बजेट समग्रमा प्रशंसनीय आएको पुनको भनाइ छ ।
प्रत्येक वर्ष नेपालमा ५ लाख युवा रोजगार बजारमा आउने र ५० हजारमात्रै रोजगारी सिर्जना हुने गरेको छ । जसमध्ये बाँकी ४ लाख ५० हजार युवा विदेशीने गरेका छन् । जुन, आगामी वर्षको बजेटले रोजगारीलाई प्राथमिकतामा राख्दै विदेशीने युवालाई स्वदेशमै राख्ने नीति लिएको पुनको भनाइ छ । यसका साथै, कृषि उत्पादन र औद्योगिक उत्पादन बढाउँदै ८ लाख मानिसलाई गरिबीको रेखाबाट माथि उकास्ने विषय समेत स्वागतयोग्य रहेको पुनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण