विश्वभर फैलिँदै मंकीपक्स, फ्रान्समा संक्रमित हुने ५१ जना पुगे
शनिबार, २१ जेठ २०७९, ०६ : ४६

विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा मंकीपक्सका ५१ जना संक्रमित भेटिएका छन् । युरोपेली देश फ्रान्समा मंकीपक्सको पहिलो संक्रमण मे महिनामा देखिएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर मंकीपक्स संक्रमणका ७०० केस देखिएका छन् ।
फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन् । उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एक जनालाई मात्र अस्पताल भर्न गरिएको थियो । उनी संक्रमणमुक्त भएपछि डिस्चार्ज भइसकेका छन् ।
हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महशुस, हातखुट्टा र अनुहारमा राता फोका आउनु यो रोगका लक्षण हुन् । मध्य तथा पश्चिमी अफ्रिकामा यसले महामारीको रुप लिए पनि युरोप र उत्तर अफ्रिकामा भने संक्रमण सामान्य देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि