पत्रपत्रिका
मुसेवालाको हत्यारा नेपालमा हुन सक्ने आशंका
शनिबार, २१ जेठ २०७९, ०७ : ०६
भारतीय प्रहरीले पन्जाबका गायक तथा कांग्रेस आईका नेता सिद्धू मुसेवालाको हत्यारा नेपालमा लुकेर बसेको हुन सक्ने आशंका गरेको छ। सो घटनाको अनुसन्धान गरिरहेको दिल्ली प्रहरीको स्पेसल सेलले मुसेवालाको हत्यारा नेपालमा रहेको हुन सक्ने आशंका गरेको र अनुसन्धान अघि बढाएको भन्दै भारतीय सञ्चार माध्यम इन्डिया टुडेले उल्लेख गरेको छ।
सो घटनाको अनुसन्धानका क्रममा भारतीय प्रहरीको टोली नेपालको पूर्वी सीमा नाका हुँदै नेपाल आएको दाबी गरिएको छ । सो विषयमा नेपाल प्रहरीले भने मुख खोलेको छैन । नेपाल प्रहरीका प्रवत्ता एसएसपी विष्णुकुमार केसीले भारतीय प्रहरीको टोली मसेवालाको हत्यारा खोज्न नेपाल आएको बारे जानकारी नभएको बताए। आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण