गठबन्धनबारे पार्टीको केन्द्रीय समितिले निर्णय लिन्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचन परिणामलाई लिएर आरोप–प्रत्यारोप गने काम ठीक नभएको बताएका छन् । काँग्रेसले भोट नहालेर आफ्नो पार्टी हार्यो भन्ने दलहरुको आरोपमा सत्यता नरहेको शर्माले बताए । यसअघि एक्लै जितेको स्थानीय तहमा पनि गठबन्धन गर्दा कांग्रेस हारेको तथ्यलाई पनि गठबन्धनका अन्य दलले हेर्नुपर्ने उनको भनाइ थियो ।
सत्ता गठबन्धनको विषयमा विभिन्न टिप्पणी भइरहेको बेला महामन्त्री शर्माले प्रदेश र सङ्घीय निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषय पार्टीको केन्द्रीय समितिले निर्णय लिने बताए । गठबन्धनका सबै दलले पार्टीमा आन्तरिक छलफल गरेपछि मात्र सहकार्यको विषय टुंगो लगाउनुपर्ने शर्माको भनाइ छ ।
वाम एकता होला भन्ने डरले कांग्रेस छिटो निर्वाचनमा जान चाहेको हो ? भन्ने प्रश्नमा शर्माले यसमा सत्यता नरहेको बताए । शर्माले भने -'निर्वाचनमा जाने भन्दै गर्दा २०७४ सालमा एमाले र माओवादी मिल्दै गर्दा पनि त हामी हार्दै छौँ भन्ने थाहा हुँदाहुँदै चुनावमा गएको हो । २०७४ सालमा चुनाव कांग्रेसले गराएको र अहिले पनि कांग्रेसले नै । हामीले जितिरहेको चुनाव पनि गरेका छौँ । हारिरहेको चुनाव पनि गरेका छौँ । र, चुनाव गराउने विषय कांग्रेस जित्छ या हार्छ भन्ने कोणबाट विल्कुल हेर्नु हुँदैन ।'
सत्ता गठबन्धनका दलहरुले वाम एकताको नाममा आफूहरूसँगको सहकार्य नतोड्ने विश्वास उनले व्यक्त गरे । उनले अगाडि थपे -'मलाई लाग्दैन कि प्रतिगमनविरुद्धको आन्दोलनमा सँगसँगै उभिएका सहयात्री दलहरू कसैले पनि वस्तुस्थिति जे छ, संविधानलाई ठीक ढङ्गले ट्रयाकमा ल्याउने र समुन्नतिको विषय पनि कानले सुन्ने खालको विकास भन्दा पनि आँखाले देख्ने र अनुभूति गर्न सकिने खालको विकासको सङ्कल्प छोड्नुहुन्छ भन्ने आशंका म चाहिँ गर्न सक्दिनँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण