बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, सयौं घाइते
आइतबार, २२ जेठ २०७९, ०६ : ४४

बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करिव १०० जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् । आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने ।
अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए । आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्नि नियन्त्रकसहित दर्जनौँ घाइते भएका थिए ।
चटगाउँका प्रमुख चिकित्सक इलियास चौधरीले आगलागीमा कम्तीमा ५ जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएको बताए । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानको दाबीमा महालेखाको अब्जेक्सन : प्राधिकरणको नाफा यथार्थपरक छैन
-
अबको दिन हाम्रो दिन हुनेछ : अध्यक्ष प्रचण्ड
-
महालेखा परीक्षक कार्यालयद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
-
महानगरको बेरूजु : काठमाडौँको सबैभन्दा धेरै, अन्य कसको कति बेरूजु ?
-
टिकटक लाइभ भइरहँदा ब्युटी इन्फ्लुएन्सरको गोली हानी हत्या
-
भ्याट विवादबिच अन्तर्राष्ट्रिय विमानलाई अर्को झड्का, १३ कम्पनीबाट २ अर्ब ३१ करोड असुल्न निर्देशन