खोला तर्ने क्रममा वेपत्ता भएका कुखुरे माइलाको शव भेटियो
शनिबार, २८ जेठ २०७९, ०९ : १३
तनहुँको कुखुरे खोला तर्ने क्रममा वेपत्ता भएका कुखुरे माइलाको नामबाट चिनिने याम बिकको आज बिहान शव फेला परेको छ । शुक्लागण्डकी नगरपालिका १० कुखुरे खोला बस्ने बिक शुक्रबार वेपत्ता भएका थिए ।
आफ्नै घर जाने क्रममा खोलामा आईरहेको भेलले उनलाई बगाएको थियो । हिजो रातिदेखि स्थानीय र प्रहरीको सहायतामा खोजी कार्य जारी राखिएकामा आज विहान ७ बजे उक्त स्थानदेखि ४ सय मिटर तल ब्राहा खोलाको छेउमा बिक मृत अबस्थामा फेला परेका हुन् ।
५२ वर्षिय बिकको खोलाले बगाएर मृत्यु भएको देखिए पनि घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
-
प्रेमप्रसादको घटनामा बालेनले भनेका थिए– राज्यको चरम असफलता !
-
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
-
इयु बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रणको तयारीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण