देवघाटमा तीनमुखे पुल निर्माण गरिने
गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो ।
गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ । देवघाट क्षेत्र विकास समितिको गत चैतमा बसेको बैठकले यहाँ तीनमुखे पुल निर्माण गर्ने निर्णय गरेको थियो । समितिले पुल निर्माणका लागि बजेट विनियोजन गर्न गण्डकी र बागमती प्रदेश सरकारसमक्ष आग्रह गरेको थियो ।
गण्डकी प्रदेश सरकारले बागमती प्रदेशसँगको सहकार्यमा सार्वजनिक–निजी लगानीमा त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल पवित्र भूमि देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागेको हो । सरकारले तीनमुखे पुल निर्माणकार्य आरम्भ गरी धार्मिक तथा व्यावसायिक पर्यटन प्रवद्र्धनका लागि आयोजना सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
देवघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुलको अवधारणा ल्याइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए । देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटा मात्रै पिलरले धान्ने पुल निर्माण गरिने उनले बताए । चितवन र तनहुँ जोड्ने त्रिशूलीमाथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रूपमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण