ओमानमाथि नेपालको शानदार जीत
आईसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ । ओमानले प्रस्तुत गरेको १६४ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १०१ बल बाँकी छँदै सफलतापूर्वक पछ्याएको हो ।
नेपालको जीतमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । शेखले सर्वाधिक ६२ रन तथा भुर्तेलले ५६ रनको योगदान दिए । रोहित पौडेलले नटआउट रहँदै २६ रन बनाएर टिमलाई जीतसम्म डोर्‍याए । ओमानका लागि फयाज बटले २ तथा खवाल अलीले १ विकेट लिए ।
यसअघि करन केसीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि ओमान ४६.५ ओभरमा मात्र १६३ रनमा सीमित बनेको थियो । केसीलाई कप्तान सन्दीप लामिछानेले ३ विकेट लिँदै राम्रो साथ दिए । ओमानका लागि कप्तान जीसन मक्सुदले ५२ तथा सन्दीप गौडले ४७ रनको योगदान दिए ।
यसअघि शृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा नेपाल र अमेरिकाबीचको खेल ‘टाइ’ भएको थियो । १५ खेल खेल्दै नेपालले ७ मा जीत, ७ मा हार र एक खेलमा बराबरी गर्दै १५ अंक बटुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण