एआईजी विश्वराज पोखरेलले दोस्रोपटक पेस गरेको बिदा अस्वीकृत
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दोस्रो पटक पेस गरेको बिदा अस्वीकृत भएको छ । असार ६ मा पोखरेलले आफूनिकटलाई प्रहरी प्रधान कार्यालयमा पठाएर थप ११ दिन घर बिदा पेस गरेका थिए ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिदा अस्वीकृत गरेको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए । प्रहरी प्रवक्ता केसीले भने–‘बिदा अस्वीकृत भएको जानकारी उहाँको घर ठेगानामा पठाइएको छ ।’
जेठ २५ मा पोखरेलले मागेको १० दिने घर बिदा पनि आईजीपी सिंहले अस्वीकृत गरेका थिए । पहिलोपटक बिदा अस्वीकृत भएको १५ दिनपछि ‘हाजिर हुन आउने’ जानकारी दिनुपर्ने प्रहरी नियमावलीमा व्यवस्था छ ।
सरकारले वैशाख १८ मा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेपछि ३० दिनको बिदा लिएका थिए । आईजीपी बढुवा विरुद्ध पोखरेलले सर्वोच्चमा दायर गरेको रिट विचाराधीन छ । मुद्दा कामु प्रधान न्यायाधीश दीपक कार्की र न्यायाधीश डा. कुमार चुडालको इजलासमा असार १३ मा सुनुवाइ हुने गरी हेर्दाहेर्दै राखिएको छ ।
२०७७ मङ्सिरमा पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए । पोखरेलले आफू १६ महिना सिनियर भएको हुनाले सरकारले वरीयता मिचेर सिंहलाई आईजीपी नियुक्त गरेको जिकिर गर्दै आएका छन् । आईजीपीले पहिलोपटक बिदा अस्वीकृत गरेपछि पोखरेलले मुद्दाको टुङ्गो नलागेसम्म ‘हाजिर हुन नजाने’ रातोपाटीसँग बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण