रुस युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ : मन्त्री बडू
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले रुस–युक्रेन युद्धका कारणले पेट्रोलियम पदार्थको मूल्य बढिरहेको जानकारी दिएका छन् । आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री बडूले पछिल्लो समय प्राप्त मूल्यसूची बढेर आइरहेको बताए ।
तर, मूल्य बढेर आएपनि नेपाल आयल निगमले आफू घाटामा रहेर बिक्री गरिरहेको छ । ‘मुलुकभरि सबैभन्दा बढी पेट्रोलको खपत बढी हुन्छ,’ मन्त्री बडूले भने, ‘पछिल्लो दुई महिनामै उपत्यकामा १ लाखभन्दा बढी लिटर पेट्रोल खपत बढेको छ ।’
अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलको मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने गरिरहेको मन्त्री बडूले बताए । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको १० रुपैयाँ पूर्वाधार कर हटाइएको मन्त्री बडूको भनाइ छ ।
‘यस्तै, सरकारी निकायले कम्तीमा २० प्रतिशत पेट्रोलियम पदार्थको खपत घटाउने निर्णय अघि बढिसकेको छ,’ मन्त्री बडूले भने, ‘एलपी ग्यासको घरायसी र व्यावसायिक मूल्य अलग–अलग कायम राख्ने व्यवस्था छिट्टै व्यवहारमा ल्याइने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण