मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : पाँचथरमा पहिरोमा पुरिएका ३ जनामध्ये एक जनाको शव फेला पर्‍यो

शनिबार, १८ असार २०७९, ०९ : ४३
शनिबार, १८ असार २०७९

अविरल वर्षापछिको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

गए राति सवा १० बजेतिर सिदिन बजार नजिकै रहेको रुपलाल मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

पहिरोमा ४२ वर्षीय रुपलाल मगर, उनको ३८ वर्षीय श्रीमती गोमा मगर र १९ वर्षीय भतिजी एलिसा मगर बेपत्ता भएका थिए । आज बिहान रुपालालको शव फेला परेको र अरू दुई जना अझै बेपत्ता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप