कविता : जनताको सेवक
शनिबार, १८ असार २०७९, ०९ : ५८
यी नेताहरु
चुनाव आउन आँटेपछि भन्छन्
जनताको सेवक हुँ
पत्याउनु हुन्छ तपाईं ?
सेवक हुनलाई
के यिनीहरु बस्न सक्छन्
सर्भेन्ट क्वाटरमा ?
छोड्न सक्छन्
ऐश आरामका महल ?
सेवक हुनलाई
के लगाउन सक्छन्
आफै झाडु
मन्त्रालय र सरकारी कार्यालयमा ?
चित्त बुझाउन सक्छन्
मेहनतले पसिना बगाएर खान ?
के छोड्न सक्छन्
आवश्यक भन्दा धेरै
तलब, भत्ता र सुखसयलका भ्रमण ?
तसर्थ नेताहरु
बोलेर हैन, गरेर देखाऊ
बिन्ती छ
जनताको मालिक भएर
जनताको सेवक हुँ
कहिल्यै नभन
बरू साँच्चै सेवक बन्न
मन छ भने
जनताको मुहारमा खुसी ल्याउने
सधैँ सधैँ देशको निम्ति
असल कार्य गर
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण