पाकिस्तानका सेना प्रमुखको निर्देशन–कमाण्डर र सेनाका अधिकारी राजनीतिबाट अलग रहनु
पाकिस्तानका सेना प्रमुख जनरल कमर जाबेद बाजवाले देशका कमाण्डर र अन्तर–सेवा खुफिया (आईएसआई)सँग सम्बन्धित व्यक्तिसहित अन्य प्रमुख अधिकारीहरूलाई राजनीतिबाट अलग रहन र राजनीतिज्ञहरूसँग अन्तरक्रिया नगर्न निर्देशन दिएका छन् । पाकिस्तानको राजनीतिमा सेनाले हस्तक्षेप गर्ने आरोप लागिरहेका बेला सेना प्रमुखको यस्तो भनाइ आएको हो ।
पाकिस्तानी सेना पञ्जाबमा आगामी उप चुनावलाई प्रभाव पार्न र पीटीआईलाई नोक्सान पुर्याउन राजनीतिक ‘डिजाइन’मा संलग्न रहेको विवरण सार्वजनिक भइरहेका बेला सेना प्रमुखको भनाइ सार्वजनिक भएको द न्युज इन्टरनेसनलले जनाएको छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री पीटीआई प्रमुख इमरान खानले पनि आफ्ना पार्टीका केही उम्मेदवारहरूले आफूलाई अज्ञात नम्बरबाट टेलिफोन कल आएको गुनासो गरेको दाबी गरेका छन् । खानले आफ्नो पार्टीका नेता र कार्यकर्तालाई उप चुनावलाई ‘डिजाइन’ गर्न दबाब दिइएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
-
क्रिस्टियानो रोनाल्डोको विश्वकपबाट बिदाइपछि पोर्चुगललाई अर्बौँ डलरको आर्थिक झट्काको चेतावनी
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण