एमाले र माओवादी सांसद आन्तरिक छलफलमा
बजेट प्रकरणमा विवाद भएपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ ।
बुधबार ११ बजेका लगि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन । ११ बजे नै बैठकमा सहभागी हुन पुगेका सांसदहरु अलमलमा परेका छन् । उता एमाले र माओवादीका सांसदहरु आन्तरिक छलफलमा लागिरहेका छन् ।
‘हामी संसद भवन परिसरमै छौ, आन्तरिक छलफल र परामर्श भइरहेको छ’, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘उठेका प्रश्नका विषयमा कसरी समाधान गर्ने भन्नेमा हामी प्रयासरत छौ ।’
एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङले आफुहरु अर्थमन्त्रीको राजीनामाको पक्षमा रहेको भन्दै राजीनामा दिए संसद बैठक सहजै चल्ने बताए ।
बजेट निर्माणका सवालमा प्रमुख प्रतिपक्षले प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले आज बस्ने संसद बैठकमा आफ्नो धारणा राख्ने तयारी भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा बोल्न जानै नदिने अडान लिएको छ । यसैबीच अर्थमन्त्री शर्मा पार्टीको बैठकका लागि प्रज्ञा भवनतर्फ लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण