आजै लगनगाँठो कस्दै नीता
शुक्रबार, २४ असार २०७९, १० : ३६
अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग आज (शुक्रबार) लगनगाँठो कस्दैछिन् ।
नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइलाई मात्र निम्त्याइएको छ ।
नीताले केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह आयोजना गरिएको थियो । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार र केही रंगकर्मी पत्रकारको सहभागिता थियो । नीताले हरिहरसँगको केही बर्षको प्रेम विवाहमा परिणत गर्न लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण