सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

शुक्रबार, २४ असार २०७९, १२ : २३
शुक्रबार, २४ असार २०७९

नेपाल इन्स्योरेन्सका संस्थापकले आफ्नो स्वामित्वमा रहेको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गरेका छन् । 

जसमा आइएमई लिमिटेड, आइएमई इन्भेस्टमेन्ट प्रालि र आइएमई होल्डिङ प्रालिको नाममा समान सात लाख १९ हजार २०५ कित्ता सेयर छ । यसमा नेपाल इन्स्योरेन्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापनले सूचना जारी भएको मिति अर्थात् २४ असारदेखि ३५ दिनभित्र नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप