नेपाल इन्स्योरेन्सको २१ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
शुक्रबार, २४ असार २०७९, १२ : २३
नेपाल इन्स्योरेन्सका संस्थापकले आफ्नो स्वामित्वमा रहेको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गरेका छन् ।
जसमा आइएमई लिमिटेड, आइएमई इन्भेस्टमेन्ट प्रालि र आइएमई होल्डिङ प्रालिको नाममा समान सात लाख १९ हजार २०५ कित्ता सेयर छ । यसमा नेपाल इन्स्योरेन्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापनले सूचना जारी भएको मिति अर्थात् २४ असारदेखि ३५ दिनभित्र नेपाल इन्स्योरेन्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण