शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उदेकलाग्दो चोरको हर्कत :  बाख्राद्वारा मानिसको सनाखत

शनिबार, २५ असार २०७९, ०९ : ३९
शनिबार, २५ असार २०७९

गत केहि महिना यता रुपन्देहीको सैनामैना नगरपालिका र त्यस आसपासमा श्रृखंलाबद्ध  बाख्रा चोरी घटनाको रहस्य पत्ता लगाउन  सालझण्डी ईलाका प्रहरी कार्यालय  सफल भए पनि  फेला परेका बाख्राको मालिक  चिन्न रोचक अनुसन्धान गर्नुपरेको छ ।

घरबाट  बाख्रा हराएको उजुरी परे लगत्तै  रुपन्देहीको सालझण्डी  ईलाका प्रहरी कार्यालयले चोरीका बाख्रा पत्ता लगाउन र चोर्ने व्यक्तिलाई समात्न पनि सफल हुन्छ तर उजुरीकर्ता ले नै आफ्नो बाख्रा  चिन्न नसकेपछि प्रहरीलाई सकस पर्छ । किनकी बाख्राहरू चोरी पछि  रौं काटेर र र अनेक रंग दलेर बाख्राको स्वरुप नै परिवर्तन गरिएको हुन्छ ।  त्यसपछि ईलाका प्रहरी कार्यालयले मालिकद्वारा बाख्राको सनाखत  गराउनुको साटो बाख्राद्वारा मालिक  सनाखत गराउने जुक्ती निकाल्छ ।  

यस जुक्ती अन्तरगत बाख्राहरूलाई छाडा छाडिन्छ ।  उजुरीकर्ता देखि प्रहरी कार्यालयमा रहेका सबै मानिसहरुलाई आ–आफ्नो बाटो लाग्न भनिन्छ । अन्ततः ती बाख्राहरू आ–आफ्नो मालिकहरु पछ्याउँदै जान्छन् । तब मात्र बाख्राले मानिस र मानिसले आफ्नो बाख्रा चिन्छ । 

यो घटना शुक्रबार दिउँसो  ईलाका प्रहरी कार्यालय सालझण्डी परिसरको हो ।  त्यस भेगका  मानिसहरुले घरबाट क्रमशः दर्जनौं बाख्राहरू चोरी भएको उजुरी लिएर आउँछन् ।  त्यही क्रममा  असार ५ गतेका दिन  रुपन्देहीको कन्चन गाउँपालिका–१ का पवन परियारको बाख्राको खोरबाट १२ किलो , १० किलो र ८ किलो तौर बराबरका ३ वटा बाख्रा विहान करिव ३ बजेको समयमा चोरी भएको उजुरी लिएर एक जना त्यस कार्यालयमा पुग्छन् ।

त्यस अघि पनि थुप्रै मानिसहरुले आफ्ना बाख्रा , खशी बोकाहरु चोरी भएको  उजुरी दिई सकेका हुन्छन् । त्यस पछि त्यस कार्यालयको मिसन बाख्रा खोजीमा केन्द्रित हुन्छ ।  त्यही क्रममा बाख्रा ओसार पसार गरिरहने  दुई वटा मोटरसाईकल पत्ता लाग्छन् । तीनै मोटरसाइकलमार्फत चोरहरू पत्ता लाग्छन् ।  
 
 सुराकीको माध्यमद्वारा  बाख्रा ओसार पसारमा प्रयोग भएका  लु १७ प ३७१७ र  लु ३५ प २४३१ नम्वरको मोटर साइकल  प्रहरीले बरामद बरामद गरेको छ ।  त्यसपछि  ती मोटरसाईकलमा सवार चार जना मानिसको पत्तो लाग्छ  । 
     


      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप