साताको सेयर बजार – ३६ अंक घट्यो नेप्से

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.१५ अंकले घटेको छ । गत साताको शुक्रबार २०२८ अंकमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अंकको गिरावटसँगै १९९२ अंकमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ ।
यससँगै, नेप्सेको बजार पूँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको ६ मध्ये ४ कारोबार दिन नेप्से घटेको थियो । दुई कारोबार दिनमा बढेको नेप्से परिसूचक शुक्रबारसम्मको स्थितीमा ३६ अंकभन्दा बढीले घटेको हो । यो साता आइतबार र बुधबार मात्रै बजारमा सुधार आएको थियो ।
नेप्से परिसूचक घटे पनि यो साता कारोबार रकम भने बढेको छ । गत साता ११ खर्ब ६४ अर्ब रुपैयाँको कारोबार भएको थियो । जुन, यो साता १६ अर्ब ३२ करोडको कारोबार भएको छ । यो गत साताको तुलनामा ४ अर्ब ६८ करोडले बढी हो ।
यद्यपी, यो साता नेप्सेको बजार पूँजीकरण भने घटेको छ । नेप्से परिसूचक घटेको साता कारोबार रकम बढेपनि बजार पूँजीकरण भने घटेको हो । गत साताको तुलनामा ५० अर्ब रुपैयाँले बजार पूँजीकरण घट्दै २८ खर्ब ४१ अर्ब रुपैयाँमा आइपुगेको छ ।
यो साता नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिमा अघिल्ला वर्ष दिइएको सुविधा कटौती हुने संकेत गरेका थिए । उनले व्यवस्थापन संघको कार्यक्रममा बोल्दै अघिल्ला वर्ष कोरोना महामारीको नाममा दिइएका सहुलियत घट्ने संकेत गरेका थिए । त्यसैको प्रभाव सेयर बजारमा परेको लगानीकर्ताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
सरकारसँगको सहमतिप्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिको आपत्ति
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य