साताको सेयर बजार – ३६ अंक घट्यो नेप्से
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.१५ अंकले घटेको छ । गत साताको शुक्रबार २०२८ अंकमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अंकको गिरावटसँगै १९९२ अंकमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ ।
यससँगै, नेप्सेको बजार पूँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको ६ मध्ये ४ कारोबार दिन नेप्से घटेको थियो । दुई कारोबार दिनमा बढेको नेप्से परिसूचक शुक्रबारसम्मको स्थितीमा ३६ अंकभन्दा बढीले घटेको हो । यो साता आइतबार र बुधबार मात्रै बजारमा सुधार आएको थियो ।
नेप्से परिसूचक घटे पनि यो साता कारोबार रकम भने बढेको छ । गत साता ११ खर्ब ६४ अर्ब रुपैयाँको कारोबार भएको थियो । जुन, यो साता १६ अर्ब ३२ करोडको कारोबार भएको छ । यो गत साताको तुलनामा ४ अर्ब ६८ करोडले बढी हो ।
यद्यपी, यो साता नेप्सेको बजार पूँजीकरण भने घटेको छ । नेप्से परिसूचक घटेको साता कारोबार रकम बढेपनि बजार पूँजीकरण भने घटेको हो । गत साताको तुलनामा ५० अर्ब रुपैयाँले बजार पूँजीकरण घट्दै २८ खर्ब ४१ अर्ब रुपैयाँमा आइपुगेको छ ।
यो साता नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिमा अघिल्ला वर्ष दिइएको सुविधा कटौती हुने संकेत गरेका थिए । उनले व्यवस्थापन संघको कार्यक्रममा बोल्दै अघिल्ला वर्ष कोरोना महामारीको नाममा दिइएका सहुलियत घट्ने संकेत गरेका थिए । त्यसैको प्रभाव सेयर बजारमा परेको लगानीकर्ताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण