अखिल क्रान्तिकारीको विवाद मिलाउन लागे तीन पूर्व अध्यक्ष
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन विद्यार्थी संगठनका तीन पूर्व अध्यक्षहरू सक्रिय रुपमा लागेका छन् । अखिल क्रान्तिकारीमा विवाद देखिएपछि तीन पूर्व अध्यक्षको नेतृत्वमा एक कमिटी बनाएको हो । गत शनिबार बसेको स्थायी समिति बैठकले पार्टी पोलिटब्युरो सदस्य एवम पूर्व अध्यक्ष रमेश मल्ल,केन्द्रीय सदस्य एवम पूर्व अध्यक्षद्वय रत्न ढकाल र नरेन्द्र न्यौपानेको नेतृत्वमा तीन सदस्यीय विवाद समाधान कमिटी गठन गरिएको थियो । तीन सदस्यीय कमिटीलाई हप्ता दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन समय दिएको छ ।
गत शनिवार कमिटी गठन गरेलगत्तै आइतबारदेखि दुई पक्षका नेता सहित सरोकारवाला पक्षसँग बसेर छलफल सुरु गरिएको केन्द्रीय सदस्य न्यौपानेले बताए । ‘अखिल क्रान्तिकारीमा विवाद देखिएपछि पार्टीले समाधान र अध्ययन गर्न तीन सदस्यीय कमिटी बनाएको छ ।
हामीलाई हिजो जिम्मेवारी दिएलगत्तै हामीले विभिन्न पक्ष र सरोकारवालपक्षसँग भएर विषयवस्तुको गहिराइ र अन्तरविरोध खोजी गर्दैछौ’ न्यौपानेले भने, ‘अखिल क्रान्तिकारीमा देखिएको विवाद पत्ता लगाएर निरुपन गर्ने विधिको समेत समाधान दिनेगरी प्रतिवेदन बुझाउँछौ ।’
अखिल क्रान्तिकारीको दुवै पक्षको विवाद निरुपण हुनेगरी अध्ययन गरिने न्यौपानेले बताए । अखिल क्रान्तिकारीमा पञ्चा सिंहले आफ्नो नेतृत्वमा कमिटीलाई पूर्णता दिए लगतै तत्कालिन सचिव पवन कार्कीले असहमति जनाएका थिए । कार्कीले सुरुमा महासचिव पाउनुपर्ने दाबी गरेका थिए । अन्तमा महासचिव पद नपाएपछि कार्कीले समानान्तर कमिटी बनाएर संघर्ष गरेका हुन् । कार्कीले अहिले पनि विशेष राष्ट्रिय सम्मेलन हुनुपर्ने भन्दै संघर्ष जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण