बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मुलुक आर्थिक अराजकतातर्फ उन्मुख : डा. भुसाल

बिहीबार, ३० असार २०७९, १२ : ४१
बिहीबार, ३० असार २०७९

नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम् राष्ट्रियसभाका सांसद डा बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त व्यक्त गरेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै महासचिव भुसालले चालू आर्थिक वर्षमा मात्रै बेरुजु १५.४६ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको आर्थिक परिसूचक प्रति चिन्ता व्यक्त गरेका हुन् ।

बुधबार महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको थियो । सो वार्षिक प्रतिवेदनमा उल्लेखित आर्थिक परिसूचकलाई हेर्दा मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेको देखिएको महासचिव भुसालको निष्कर्ष छ । उनले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले मुलुकलाई सुशासनतर्फ जान नदिएको भन्दै आपत्ति समेत जनाए । 

उनले भने, ‘महँगीले आकाश छुँदैछ । अहिलेसम्म पनि किसानहरूले पर्याप्त मात्रामा मल पाउन सकेका छैनन् । अहिले आएर बाढी–पहिरोको समस्या बढ्दै गइरहेको छ । यी यावत् विषयहरूमा हामीले छलफल गर्नुपर्ने हो, बोल्नुपर्ने हो । हिजो मात्रै महालेखा परीक्षकको प्रतिवेदन राष्ट्रपति महाेदयसमक्ष बुझाइयो । त्यसले इङ्गित गरेको आर्थिक परिसूचक हेर्दा खेरी अर्को चिन्ता लाग्दो अवस्था छ ।’ महासचिव भुसालले सरकारी सञ्चार माध्यमहरूले समेत राष्ट्रियसभाको समाचारलाई महत्त्व नदिएको गुनासो समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप