मुलुक आर्थिक अराजकतातर्फ उन्मुख : डा. भुसाल
नेकपा (एकीकृत समाजवादी)का महासचिव एवम् राष्ट्रियसभाका सांसद डा बेदुराम भुसालले मुलुकमा बेरुजु बढ्दै गएकोमा चिन्ता व्यक्त व्यक्त गरेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै महासचिव भुसालले चालू आर्थिक वर्षमा मात्रै बेरुजु १५.४६ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै मुलुकको आर्थिक परिसूचक प्रति चिन्ता व्यक्त गरेका हुन् ।
बुधबार महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति विद्या भण्डारीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको थियो । सो वार्षिक प्रतिवेदनमा उल्लेखित आर्थिक परिसूचकलाई हेर्दा मुलुक आर्थिक अराजकतातर्फ उन्मुख रहेको देखिएको महासचिव भुसालको निष्कर्ष छ । उनले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले मुलुकलाई सुशासनतर्फ जान नदिएको भन्दै आपत्ति समेत जनाए ।
उनले भने, ‘महँगीले आकाश छुँदैछ । अहिलेसम्म पनि किसानहरूले पर्याप्त मात्रामा मल पाउन सकेका छैनन् । अहिले आएर बाढी–पहिरोको समस्या बढ्दै गइरहेको छ । यी यावत् विषयहरूमा हामीले छलफल गर्नुपर्ने हो, बोल्नुपर्ने हो । हिजो मात्रै महालेखा परीक्षकको प्रतिवेदन राष्ट्रपति महाेदयसमक्ष बुझाइयो । त्यसले इङ्गित गरेको आर्थिक परिसूचक हेर्दा खेरी अर्को चिन्ता लाग्दो अवस्था छ ।’ महासचिव भुसालले सरकारी सञ्चार माध्यमहरूले समेत राष्ट्रियसभाको समाचारलाई महत्त्व नदिएको गुनासो समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण