७५ देशमा फैलिसकेको मङ्कीपक्स भारतमा पनि देखियो
विश्वभर झण्डै ७५ देशमा फैलिसकेको मङ्कीपक्स भाइरस भारतमा पनि देखिएको छ । जुलाई १४ मा, केरलाको कोल्लम जिल्लामा भारतको पहिलो मङ्कीपक्स केस पहिचान भएको छ । सङ्क्रमण पहिचान भएको व्यक्ति भर्खरै युएईबाट केरला फर्केका थिए ।
हालसम्म विश्वमा ११ हजारभन्दा बढी मङ्कीपक्स पाइएको छ । सङ्क्रमितको ८० प्रतिशत हिस्सा युरोपमा मात्र पहिचान भएका छन् । मङ्कीपक्स भाइरसको इन्क्युबेशन अवधि (सङ्क्रमणदेखि लक्षण देखा पर्ने अवधि) सामान्यतया ७–१४ दिन हुन्छ, तर केहीमा भने भाइरस शरीरमा प्रवेश गरेको २१ दिनपछि पनि लक्षण देखिएको पाइएको छ ।
शरीरका विभिन्न भागमा पिप भेरिएका गाठाँगुठी आउँछ, जुन केही समयपछि पाप्रो उप्किएर हराएर जान्छ । यस अवधि सङ्क्रमितको लागि बढी पीडादायी हुन्छ । यूएस नेशनल हेल्थ एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले आफ्नो वेबसाइटमा मङ्कीपक्स संक्रमणविरुद्ध काम गर्ने औषधी र खोप उपलब्ध रहेको बताएको छ ।
मङ्कीपक्सविरुद्ध सिडोफोभिर, एसटी–२४६ र भ्याक्सिनिया इम्युनोग्लोबुलिनजस्ता औषधी दिइने गरिन्छ । त्यसको यसको रोकथामविरुद्ध जीनेओस्टम खोप उपलब्ध छ, जसलाई इम्बाम्यून या इम्बेनेक्स पनि भनिन्छ । यो खोप डेनमार्कको औषधि कम्पनी बाभेरियन नर्डिकले बनाएको हो । अफ्रिकामा भएको यस खोपको प्रयोग ८५ प्रतिशत प्रभावकारी रहेको देखाउँछ । मङ्कीपक्स पहिलेदेखि समय समय अफ्रिकामा क्षेत्रीय स्तरको महामारीको रूप लिने गरेको छ ।
डब्लुएचओको युरोपस्थित प्याथागन थ्रेट टोलीका प्रमुख रिचर्ड पिबोडीका अनुसार मङ्कीपक्स सजिलै नसर्ने र लागिहाले पनि ज्यान जोखिममा पार्ने गम्भीर रोग नलाग्ने भएकाले त्यति डराउने पर्ने स्थिति नभएको बताएका छन् । यसले गर्दा यसले कोभिड–१९ जस्तो ठूलो जोखिम निम्त्याउने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण