सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लहान नगरपालिकाका उपमेयर विरुद्ध जर्बजस्ती करणीको उजुरी

शुक्रबार, ०६ साउन २०७९, ११ : ०२
शुक्रबार, ०६ साउन २०७९

सिरहाको लहान नगरपालिकाका उपमेयर राम महतो विरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार दुई महिना अघि भएको घटनाको बिषयलाई लिएर उपमेयर महतो विरुद्ध उजुरी परेको हो । उनका अनुसार अदालतबाट पक्राउ पूर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिनेछ ।

उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ । गत जेठ महिनाको घटनालाई लिएर अहिले दर्ता भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप