२० करोडको रक्सी चोरेर फरार मोडल पक्राउ, खोजीमा जुटेका थिए चार देशका प्रहरी
एक मोडललाई रेष्टुरेन्टबाट रक्सी चोरेको आरोपमा पक्राउ गरिएको छ । चोरेको रक्सीको मूल्य १.५ मिलियन डलर (करिब २० करोड रुपैयाँ) छ । २९ वर्षकी मोडललाई उनका एकजना साथीसँगै पक्राउ गरिएको हो ।
मोडलको नाम प्रिसिला लारा ग्वेभारा हो । उनी मेक्सिकोकी बासिन्दा हुन् । उनलाई हालै एक रोमानियाली–डच साथी ग्याब्रियल डुमित्रुसँगै वाइन चोरीको आरोपमा पक्राउ गरिएको हो । उनले अघिल्लो वर्ष अक्टोबरमा क्रोएशियाको एल एत्रियो नामको एक विलासी रेष्टुरेन्टबाट वाइन चोरी गरेका थिए ।
ग्वेभारा र डुमित्रुलाई ९ महिनासम्मको खोजीपछि यसैहप्ता पक्राउ गरिएको द टेलिग्राफले बताएको छ ।
यी दुईले कूल ४५ वटा बोतल चोरेका थिए । तीमध्ये एउटा त १९ औँ शताब्दिको दुर्लभ वाइनको बोतलसमेत रहेको स्काई न्युजले जानकारी दिएको छ ।
स्काई न्युजका अनुसार ग्वेभाराले रुम सर्भिसको माग गर्दै त्यहाँका वेटरहरुको ध्यान भड्काएकी थिइन् । अर्कातिर उनका साथीले भने वाइन राखिएको दराज खोलेर आफ्नो ब्यागमा असाध्यै महँगा बोतल राखेर त्यहाँबाट फरार भएको स्प्यानिस प्रहरीले जानकारी दिएको छ ।
यो जोडी रेष्टुरेन्टबाट बाहिरिएको भिडियो सीसीटीभीमा कैद भएको थियो । उनीहरुको खोजीमा स्प्यानिस, डच, क्रोएसियन र रोमानियाका प्रहरी परिचालित भएका थिए । साथै, इन्टरपोलको सहयोग पनि मागिएको थियो ।
अन्ततः सीमा पार गर्ने बेला उनीहरुलाई क्रोएशियाको प्रहरीले पक्राउ गर्यो । रिपोर्टका अनुसार यो जोडी क्रोएशियामा बसिरहेका थिए । उनलाई अब स्पेन प्रत्यर्पण गरिने तयारी गरिएको छ ।
प्रिसिला मेक्सिकोमा मिस अर्थ–२०१६ पनि भइसकेकी छिन् । उनलाई मेक्सिकन ‘ब्युटी क्विन’ को रुपमा पनि चिनिन्छ । हाल उनी चोरीको केसमा फसेपछि चर्चामा आएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण