२७ वर्षका यी युवकले जागिर पाएनन्
२७ वर्षका एक युवकले जति गरेपनि जागिर नपाएपछि एउटा भिडियो पोस्ट गरेका छन् । चीनको डोङगुआनका यी युवक लगभग ३० वर्ष पुग्नै लागिसकेका छन् तर उनी भने बच्चा जस्तै देखिन्छन् ।
माओ सेङ आफू २७ वर्ष पुगिसकेको दाबी गर्छन् तर उनी १० वर्षको बालक जस्तो देखिन्छन् । आफ्नो उमेरभन्दा पनि कम देखिनु त राम्रो कुरा हो नि भनेर कतिले भनिरहेका छन् तर माओ यसलाई अभिशाप भन्छन् । किनभने जवान भइसक्दा पनि जागिर नपाउँदा धेरै नै सास्ती खोप्नु परेको बताएका छन् । उनले आफू जति उमेरका बताउँछन् कम्पनीले त्यसलाई मरेकाटे पनि विश्वास गरेनन् । कसैले विश्वास गरेर जागिरमा लगाइहाले पनि हेर्ने मान्छेहरुले उनलाई देखेपछि बाल श्रम गराएको भन्दै आरोप लगाउने डरले पनि उनलाई जागिर दिन अप्ठेरो माने ।
माओ सेङ गत हप्ता चीनमा रातारात भाइरल भए जब उनको एउटा भिडियो दोउयिन (टिकटक) मा पोस्ट भयो । उक्त भिडियोमा ती युवकले आफ्नो उमेर बताउँदै आफूले जागिर नपाएको गुनासो पोखेका थिए । उनले हालै हृदयघात भएका पिताको उपचारमा खर्च गर्न नपाएको दुखेसो पनि उक्त भिडियोमा पोखेका थिए ।
सेङको भिडियोमा धेरैले प्रतिक्रिया पनि दिएका छन् । कतिले उनलाई जागिर नदिएको भन्दै कम्पनीहरुलाई गालीसमेत गरेका छन् । तर जब उनी अनलाइनमा चर्चित भए थुप्र्रै व्यवसायीले उनलाई जागिरको प्रस्ताव राखे ।
उनले पोस्ट गरेको अर्को भिडियोमा सेङले एउटा कम्पनीको प्रस्ताव स्वीकार गरेको र बुवाको उपचारमा अब आफूले सहयोग गर्नसक्ने बताए । बुवा निको भएपछि उनले एकजना प्रेमिका खोजेर आफ्नो परिवार बसाउने इच्छा पनि व्यक्त गरे ।
माओबारे थुप्रै चिनियाँ मिडियाले समाचार बनाएपनि कुनै पनि मिडियाले २७ वर्षका उनी किन बच्चाजस्तै देखिएका हुन् भन्ने जानकारी भने दिएका छैनन् । कतिले उनको पिट्युटरी ग्रन्थीमा समस्या देखिएका कारण उनको शारीरिक विकासमा रुकावट आएको हो कि भन्ने आशंका गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य कमजोर बनायाे : पापड
-
‘सहकारीको बचत फिर्ता गर्न राज्यको ढुकुटी चलाइएको छैन,असारदेखि लालपुर्जा बाँड्छौँ’
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण