इनारभित्र एक जनाको शव फेला
बिहीबार, १९ साउन २०७९, ०६ : १६
उदयपुरको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको शव इनारभित्र फेला परेको छ । कटारी नगरपालिका – ४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव इनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले इनारमा शव देखेपछि प्रहरीलाई खवर गरेका थियो ।
घटनास्थल पुगेर शव निकालेर पोष्टमार्टमका लागि कटारी अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मानबहादुर राईले बताए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए ।
घटना लगत्तै शसस्त्र प्रहरी वेस क्याम्प कटारीका प्रमुख प्रहरी निरीक्षक भूपेन्द्र बस्नेतलगायतका प्रहरीको टोलीले शव इनारबाट निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
-
प्रेमप्रसादको घटनामा बालेनले भनेका थिए– राज्यको चरम असफलता !
-
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
-
इयु बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रणको तयारीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण