भारतमा ९ जनामा मंकीपक्स संक्रमण पुष्टि
बिहीबार, १९ साउन २०७९, ०७ : ४४
नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन् ।
उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन । भारतमा अहिलेसम्म ९ जना मंकीपक्सका संक्रमित देखिएका छन् । सबै जना केरला र दिल्लीका हुन् ।
ती महिलालाई ज्वरो र छालामा समस्या देखिएको छ । उनको लोक नायक जय प्रकाश अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण