गजल : शिक्षाले
शनिबार, २१ साउन २०७९, ०७ : ०९
ढुङ्गाको ढुकढुकी पत्ता लगाई छुन्छ शिक्षाले
पशु मान्छे कहाँ बन्थ्यो तथापि हुन्छ शिक्षाले ।
सयौँ राम्रा नराम्रा छन् यहाँ गर्ने कुराकानी
तिनीमध्ये सबै राम्रा ठमाई चुन्छ शिक्षाले ।
सबैले कानले सुन्छन् नसुन्ने सर्प मात्रै हो ।
बिना आवाजको वाणी अचम्मै ! सुन्छ शिक्षाले ।
बगेको गण्डकी रोक्ने बुता कस्को छ धर्तीमा ?
नदीको के कुरा गर्नु समुद्रै थुन्छ शिक्षाले !
खरानीले सफा गर्थिन् लुगा हाम्री हजुरआमा
सहारा यन्त्रको पाई जगत नै धुन्छ शिक्षाले !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण