एमालेले राष्ट्रव्यापी तालमेल गर्दैन : प्रदीप ज्ञवाली
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्ने बताएका छन् ।
मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पुगेका नेता ज्ञवालीले अहिले सत्तारुढ दलले गरेको गठबन्धन मुलुक र लोकतन्त्रका लागि अस्वस्थकर रहेको भन्दै एमाले त्यस्तो गठबन्धनको पक्षमा नरहेको बताएका हुन् ।
‘अहिले गठबन्धन बनेको छ त्यो लोकतन्त्रका लागि अस्वस्थकर छ । गठबन्धनमा संघीयता विरोधी दल पनि छन् । त्यस्तोमा जनताको स्वतन्त्र अभिमत प्रकट हुन सक्दैन’, ज्ञवालीले आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘एमालेलाई गठबन्धन आवस्यक छैन, जो कमजोर हुन्छ उसले मात्रै गठबन्धन गर्छ ।’
त्यस्तै उनले स्थानीय तहमा कहिँकतै तालमेल हुनसक्ने कुरा सामान्य भएको बताए । ‘स्थानीयस्तरमा कहिँकतै तालमेल हुनसक्छ । त्यहाँ तालमेलका लागि खुला छ तर एमालेले राष्ट्रव्यापी तालमेल वा गठबन्धन गर्दैन’, नेता ज्ञवालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण