भक्तपुरमा बाढीको वितण्डा, तस्बिरहरू
काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।
मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेष गरी सुकुम्वासी बस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ । काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित निलापुल नजिक मनहरा खोलाले ४ वटा बङ्गुर फर्म बगाएको छ । सो फर्म सुनसरी घर भएका हरि राईले सञ्चालन गरेका हुन् ।
दुवोकाट बेशीमा खोला किनारका २० वटा घर टहरा डुबाएको छ । चाँगुनारायण नगरपालिका–१ स्थित दुवाकोट बेसीबाट ४ जनालाई उद्धार गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए ।
दिव्यश्वरी प्लानिङ स्थित अमर लामाको बङ्गुर फर्मबाट ५ सय हाँस, २ सय बङ्गुर र २ वटा गाईलाई सुरक्षित ठाउँमा सारिएको छ । भक्तपुरको मध्यपुर थिमी नगपालिका–१ स्थित खोला किनाराको सुकुम्वासी बस्तीका ६० वटा घर डुबानमा परेको छ । दिव्यश्वरी प्लानिङ स्थित पेमा तामाङको कुखुरा फर्ममा पनि बाढीले क्षति गरेको छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण