सीमान्तकृत समुदायले अब नेतृत्वमा दाबी गर्नुपर्छ : मन्त्री चौधरी
सहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भर्‍याङ मात्र नबन्न आग्रह गरेका छन् । जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ । प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान रहेको छ । तर सधैँ किन भर्‍याङ मात्र बन्ने ?’
सीमान्तकृत समुदायले अब नेतृत्व दाबी गर्नुपर्ने बेला आएको बताउँदै मन्त्री चौधरीले थपे, ‘संघीय निर्वाचनमा उम्मेदवारी दिनुहोस् । नेतृत्व दावी गर्नुहोस् ।’
कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलानाहरु र प्राथमिक देखि माध्यमिक तहका विद्यालयहरुलाई दिँदै आएको सरकारी रकम निकै कम भएकाले मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेको सुनाए । त्यसैगरि उनले होस्टेल, पर्खाल र भवन मर्मतका लागि सहयोग गर्न मन्त्री चौधरीसमक्ष ध्यानाकर्षण गराएका थिए ।
मन्त्री चौधरीले मदरसाका विभिन्न भवन, होस्टेल, कार्यालय निरीक्षण गर्नुका साथै समस्या समाधानमा विशेष पहल समेत गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण