सुर्खेतस्थित जनमाविका कागजात अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरेन्द्रनगरस्थित जन माध्यमिक विद्यालय (जनमावि)का कागजात नियन्त्रणमा लिएको छ । कक्षा ११ का विद्यार्थी भर्नाको क्रममा रसिदबिना नै रकम संकलन गरेको भन्दै कार्यालय सहायक र सूचना सहायकको दराजका कागजात नियन्त्रणमा लिएको आयोगका सुर्खेत कार्यालयका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।
उनका अनुसार अख्तियारको टोलीले नगद दुई लाख ७६ हजार ६९० रुपैयाँसहित आवश्यक कागजात नियन्त्रणमा लिएको हो । उनले भने, ‘जनमाविले साउन २६ गते प्रकाशित ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण विद्यार्थीहरुबाट संविधान, सम्मानित उच्च अदालत सुर्खेतको ०७८ मंसिर १ गतेको परमादेश र ०७८ जेठ २३ गतेको अन्तरिम आदेश विपरीत भर्ना शुल्क लिएको भन्ने उजुरी छ ।’
विद्यालयले रकम लिएको बिलसमेत नदिएको भन्ने उजुरीका आधारमा विद्यालयका कगजात नियन्त्रणमा लिइएको उनले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण