कृषि मन्त्रालयका सचिव चढ्ने गाडीको ठक्करबाट दुईजना घाइते
शुक्रबार, ०३ भदौ २०७९, १३ : १४
कर्णाली प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर लेखराज दाहालले चढ्दै आएको गाडीको ठक्करबाट दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा दैलेखको भैरवी गाउँपालिकाका २७ वर्षीया हरि थापा र एमपी कुमार थापा रहेको सुर्खेत प्रहरीले जनाएको छ । वीरेन्द्रनगरको आँखा अस्पताल अगाडि चोकमा मन्त्रालयको कर्णाली प्रदेश ००१ झ ०१३२ नम्बरको उक्त कारले दुई जना सवार ७६ प २८८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइते दुबै जनाको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको टाउको र खुट्टामा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण