वन कार्यालयभित्रै मृत्यु प्रकरण : सहायक वन अधिकृतसहित चार जनाविरुद्ध किटानी जाहेरी
डिभिजन वन कार्यालय सुर्खेतको कार्यालयभित्र बिहीबार वीरेन्द्रनगर नगरपालिका–१३ का ५८ वर्षीय धनीराम लामिछाने मृत भेटिएको घटनालाई लिएर सहायक वनअधिकृतसहित चार जनाविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएका छन् ।
शुक्रबार मृतकका आफन्तले सहायक वन अधिकृत कृष्णराम धिताल, फरेष्टर सन्तोष खत्री, वन रक्षक पियुसराज तिवारी र सुरेन्द्र राजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका हुन् । लेकबेशी नगरपालिका–१० घर भएका लामिछाने हाल वीरेन्द्रनगरमा बस्दै आएका थिए । वन मुद्दामा पक्राउ परेका उनी बिहीबार दिउँसो मृत भेटिएपछि आफन्तले आन्दोलन गरिरहेका छन् । लामिछाने दम्पतीलाई मदन भण्डारी राजमार्गमा टाचा लगाएको सालको रुख काटेको आरोपमा वनका कर्मचारीले पक्राउ गरेका थिए । कर्मचारीको कुटपिटका कारण नै लामिछानेको मृत्यु भएको आफन्तको आरोप छ ।
मृतक लामिछानेका भाइ रामप्रसाद लामिछानेले वनका कर्मचारीको कुटपिटबाट मृत्यु भएपछि आत्महत्या देखाउन डोरीले झुण्ड्याइएको दाबी गरेका छन् । यता डिभिजन वन कार्यालयले भने उक्त भनाइमा सत्यता नभएको बताएको छ । कार्यालयका प्रमुख मुनबहादुर रावतले लामिछानेलाई स्थानीय जनप्रनिधि र आफन्तको जमानीमा छोड्ने कुरा भएको तर, उनी झुण्डिएको अबस्थामा फेला परेको बताए । यता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्की आफू आन्दोलनमै बीचमा रहेको चार जनाको विरुद्धमा किटानी जाहेरी परेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण