शहीदको सपना पूरा गर्न संघीयतालाई बलियो बनाउन आवश्यक छ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनको मर्म र शहीदको सपना पुरा गर्नका लागि संघीय व्यवस्थालाई अझै बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् । उनले अहिले संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक अधिकार नदिएर केन्द्रसँग नै निहित गरेको बताएका छन् ।
शनिबार प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को शुभकामना सन्देश दिँदै उनले भने,‘प्रदेश सरकारले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा ज्यानको आहुति दिनुहुने शहीदको सम्झनामा ‘शहीद स्मारक पार्क’ स्थापना गरिएको छ । साथै शहीद परिवारका सन्ततिका लागि छात्रवृत्तिलगायतका कार्यक्रम सञ्चालन गर्दै आइरहेका छौं ।’
मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षदेखि शहीद परिवार भत्ताको व्यवस्था प्रदेश सरकारले गरेको बताए । कर्णाली प्रदेश स्थापनको आन्दोलनका क्रममा सुर्खेतका टीकाराम गौतम, यामबहादुर विसी, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुवँरले ज्यान गुमाएका थिए । दशकौंदेखि संघीय शासन व्यवस्थाका कारण पछाडि पारिएको कर्णालीलाई छुट्टै प्रदेशको माग गर्दै ठूलो आन्दोलन भएको थियो । हालको कर्णाली र सुदुरपश्चिम प्रदेशलाई एउटै बनाउने गरि भएको निर्णयको विरोधमा कर्णालीले गरेको आन्दोलनको फलस्वरुप नै अहिले कर्णाली प्रदेश प्राप्त भएको थियो ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालिन सोचलाई पुरा गर्न ‘६ ब’ को नीति अपनाइएको बताए । र, सोही अनुसार सरकार अघि बढिरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङको स्याङ र मार्फा खोलामा नदी उकास घटाइँदै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण